रामहरि श्रेष्ठ हत्या प्रकरण : माओवादी पूर्वलडाकु बटाला डिल्लीबजार कारागार चलान

1.3k Shares

काठमाडौँ कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या प्रकरणमा दोषी ठहर भएका गोविन्दबहादुर बटालाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

सर्वोच्च अदालतको पछिल्लो फैसलाले उनलाई १० वर्ष कैद सजाय तोकेको थियो। त्यसअघि पुनरावलोकनपछि भएको सुनुवाइमा सजाय संशोधन गर्दै थप कठोर फैसला गरिएको हो। बटालाले यसअघि नै करिब ३ वर्ष १५ दिन कैद भुक्तान गरिसकेका थिए।

२०६५ सालमा कोटेश्वरबाट अपहरण गरी चितवनको माओवादी लडाकु शिविरमा लगेर कुटपिटपछि श्रेष्ठको हत्या गरिएको घटनामा यो मुद्दा जोडिएको हो। घटनामा तत्कालीन माओवादी कमान्डर कालीबहादुर खामसहित अन्य व्यक्तिहरू पनि संलग्न भएको आरोप थियो।

पछिल्लो अदालतको आदेशपछि बटालालाई कारागार चलान गरिएको हो र बाँकी सजाय भोग्ने प्रक्रिया अघि बढेको छ

सम्बन्धित समाचार