काठमाडौँ । सुपर सब डेनिज उन्डाभको दुई गोलको मद्दतमा जर्मनीले आइभोरी कोस्टविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
टोरोन्टोमा भएको समूह ‘ई’ को खेलमा फ्रान्क केसीको गोलमार्फत आइभोरी कोस्टले पहिलो हाफमा अग्रता लिएको थियो। तर दोस्रो हाफमा प्रशिक्षक जुलियन नागेल्समानले गरेको परिवर्तन निर्णायक बन्यो। बेन्चबाट मैदान प्रवेश गरेका उन्डाभले ६८औँ मिनेटमा बराबरी गोल गरे भने इन्जुरी समयमा विजयी गोल गर्दै जर्मनीलाई रोमाञ्चक जित दिलाए।
यस जितसँगै जर्मनीले लगातार दोस्रो जित हात पार्दै सन् २०१४ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ। उन्डाभले पछिल्ला आठ खेलमा नवौँ गोल गर्दै उत्कृष्ट लय कायम राखेका छन्।
हारका बाबजुद आइभोरी कोस्टको अन्तिम ३२ मा पुग्ने सम्भावना कायम रहेको छ भने समूहको अन्तिम खेलमा जर्मनीले इक्वेडर र आइभोरी कोस्टले कुरासाओसँग प्रतिस्पर्धा गर्नेछन्।