काठमाडौँ । ब्रायन ब्रबी र कोडी गाक्पोले समान दुई–दुई गोल गरेपछि नेदरल्यान्ड्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा स्विडेनलाई ५–१ ले पराजित गरेको छ।
ह्युस्टनमा शनिबार भएको खेलमा ब्रबीले सुरुआती १७ मिनेटभित्र दुई गोल गर्दै नेदरल्यान्ड्सलाई बलियो सुरुआत दिलाएका थिए। दोस्रो हाफको सुरुमै गाक्पोले लगातार दुई गोल थपेपछि डच टोली सहज अवस्थामा पुगेको थियो।
स्विडेनका एन्थोनी एलाङ्गाले एक गोल फर्काए पनि त्यसले हार टार्न सकेन। खेलको अन्त्यतिर वैकल्पिक खेलाडी क्रिसेन्सियो समरभिलले अर्को गोल थप्दै नेदरल्यान्ड्सको प्रभावशाली जित सुनिश्चित गरे।
पहिलो खेलमा जापानसँग २–२ को बराबरी खेलेको नेदरल्यान्ड्सले यो जितसँगै चार अंक जोड्दै समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ। स्विडेन भने तीन अंकसहित दोस्रो स्थानमा रहेको छ।