सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, सुन तोलामा ६०० रुपैयाँ महँगियो
1.8k
Shares
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले बढेको हो।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ। त्यस्तै चाँदी प्रतितोला चार हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ।
गत शुक्रबार सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँ र चाँदी चार हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार १५५ अमेरिकी डलर र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रासस