न्युजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्षस्थानमा

2.7k Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा उक्लिएको छ।

भ्यानकुभरमा भएको खेलमा न्युजिल्यान्डले पहिलो हाफमा अग्रता लिए पनि इजिप्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन गोल गरेको थियो। मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले ऐतिहासिक जित दर्ता गरेको हो।

न्युजिल्यान्डका फिन सर्मनले पहिलो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा मोस्तफा जिकोले बराबरी गोल फर्काएपछि सलाहले अर्को गोल गर्दै इजिप्टलाई अग्रता दिलाए। त्यसपछि महमुद ट्रेजेगेटले थप एक गोल गर्दै जित सुनिश्चित गरे।

यो इजिप्टको विश्वकप इतिहासकै पहिलो जितसमेत हो। यस जितसँगै इजिप्ट चार अंकसहित समूह ‘जी’ को शीर्षस्थानमा पुगेको छ भने न्युजिल्यान्ड एक अंकसहित पुछारमा रहेको छ।

अब समूह चरणको अन्तिम खेलमा इजिप्टले इरानसँग प्रतिस्पर्धा गर्नेछ भने न्युजिल्यान्डले बेल्जियमको सामना गर्नेछ।

 
 
सम्बन्धित समाचार